Monday, 11 June 2012

बाँदर र केरा -


एउटा बाँदर पसलमा गयो।


बाँदर: साहु जी केरा छ?

साहु: छैन।

बाँदर: केरा छ?

साहु: छैन भनेको।

बाँदर: केरा छ?

साहु: अब एकचोटी सोधिस् भने तेरो जिब्रो किल्लाले ठोकेर भित्तामा टाङ्गदिन्छु।

बाँदर: किल्ला छ?

साहु: (रिसाउँदै) छैन!

बाँदर: केरा छ?

अरुको wife लाई घुमाउदै


एउटा केटी आफ्नो boyfriend संग घुम्दै थिइ..
अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्न
थालेछ .. केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन ..
अरुको wife लाई घुमाउदै बस्छ ... boyfriend लाई रिस उठेछ अनि Husband लाई कुट्न
थालेछ केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउन
दिन्छ!!

{मुग्लिन}



काठमाण्न्डौबाट धरानको लागि बस छुट्यो, बस चलेपछि एकजना बृद्धाले बसको खलाँसीलाइ भनिन, “बाबु म बुढी मान्छे, निदाउन सक्छु, मुग्लिन आइपुगेपछि मलाई भन्नु है” खलाँसीले “हुन्छ आमै” भन्यो | त्यसपछि गाडी नौबिसेमा रोक्यो, बृद्धाले सोधिन, “बाबु मुग्लिन आइपुग्यो?”, खलाँसीले भन्यो, “आइपुगेको छैन आमै”, फेरी गाडी मलेखु पुगेर खाना खान रोकियो, बृद्धाले फेरी सोधिन, “बाबु मुग्लिन आइपुग्यो?” खलाँसीले फेरी भन्यो, “आइपुगेको छैन आमै, पिर नगर्नु मुग्लिन आएपछि हजुरलाई भनिहाल्छु नि”| तर जुन जुन ठाउँमा बस रोकिन्थ्यो, बृद्धा “मुग्लिन आइपुग्यो?” भनेर सोधीहाल्थिन, यो सुनी सुनी सबैजना यात्रु पनि अवाक भैसकेका थिए, सबै मिलेर ‘मुग्लिन आइपुगेपछि हजुरलाई ब्युँझाईदिउँला, आरामसंग सुत्नुस आमै’ भनेर सम्झाए |
लामो बाटो, एउटा एउटा गर्दै सबै यात्रु निदाएछन्, चालकले अचानक ब्रेक लगाउँदा सबैजना ब्युँझिए, यसो झ्याल बाहिर हेर्दा बस त मुग्लिन कटेर नारायणघाट पो आइपुगेछ, बृद्धा अझै निदाईरहेकी थिईन, सबै यात्रुले खलाँसीलाइ गाली गर्न थाले, ‘मुग्लिन आइपुग्दा पनि बृद्धालाइ नब्युँझाईदिएको’ भन्दै | बृद्धा अब अलपत्र पर्ने भईन भन्ने सोचेर सबैजना आत्तिन थाले अनि चालकलाइ सम्झाई वरी बृद्धा नब्युँझींदै मुग्लिन पुर्याईदिन आग्रह गरे, चालकले पनि अनुमति जनायो र गाडी फर्केर मुग्लिन आइपुग्यो, अनि बृद्धालाई ब्युँझाईदिए, “आमै, मुग्लिन आइपुग्यो, उत्रिनुस” बृद्धा छक्क पर्दै सबैको मुखमा हेरेर सोधिन, “किन बाबु?”, यात्रुले भने, “मुग्लिन आए पछि हजुरलाई ब्युँझाईदिनु भन्नु भाथ्यो त्यसैले?” बृद्धा बिस्तारै आफ्नो झोला भित्र हात घुसारिन, र औसधिका दुइटा गोलि निकाल्दै भनिन, “छोरोले मुग्लिन पुगेपछि नबिर्सीकन यो ओखती खानु भनेको थियो त्यसैले पो….. 

के दिएर पठाएको थिस् जो हिसाब माग्दैछस्

 य मराजले हिजडालाई भने: तिम्रो हिसाब देखाउ, संसारमा के गरेर आयौ ?हिजडा: आए हाए हरामी, के दिएर पठाएको थिस् जो हिसाब माग्दैछस् ?

सभासद् को लव परेछ

एक जना सभासद् को लव परेछ अनि उनले GF लाई फकाऊँदै भनेछन :
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥

GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्


विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी

श्रीमानले विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी लेखेछ.......प्यारी ..यो महिना मेरो तलबको सट्टा सय चुम्मा पठाएकोछु, श्रीमतीले आफ्नो श्रीमानलाई जवाफ पठाईछे .....हजुरले तलबको बदलामा पठाएको चुम्मा मैले पाएँ,जसको हिसाब यस प्रकारछ ..... छोरा छोरीको स्कुलको फिसको लागि accountant लाई ५ चुम्मा दिएँ ,सब्जीवाला लाई दैनिकी ७ चुम्मा दिनु पर्छ ,दुध वालाले दैनिकी १० चुम्मा लिएर जान्छ ,घरबेटीले दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई दिने हो लेखि पठाउनु होला ... तपाईं कि प्यारी...नुन्थली